Rule 15
लिखित परीक्षाको नतिजा प्रकाशन
: (१) आयोगले यस नियमावली बमोजिम लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा उम्मेदवारको रोल नम्बर, नाम र थरसमेत उल्लेख गरी वर्णानुक्रमको आधारमा देहाय बमोजिमको सङ्ख्या थप गरी नतिजा प्रकाशन गर्नु पर्नेछ :–
पदपूर्ति गर्नु पर्ने पद सङ्ख्या थप हुने सङ्ख्या
(क) १ देखि ५ सम्म भएमा २
(ख) ६ देखि १० सम्म भएमा ३
(ग) ११ देखि १५ सम्म भएमा ४
(घ) १६ देखि २० सम्म भएमा ५
(ङ) २१ देखि २५ सम्म भएमा ६
(च) २६ देखि ३० सम्म भएमा ७
(छ) ३१ देखि ३५ सम्म भएमा ८
(ज) ३६ देखि ४० सम्म भएमा ९
(झ) ४१ र सोभन्दा माथि जतिसुकै भएमा २० प्रतिशत ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोगात्मक परीक्षा हुने पदमा लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षाका लागि छनौट गर्दा पद पूर्ति गर्नु पर्ने पद सङ्ख्या एक देखि पाँच सम्म भएमा थप पाँच जना उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ । पदपूर्ति गर्नु पर्ने पद सङ्ख्या छ वा सो भन्दा बढी भएमा सो पद सङ्ख्याको दोब्बर सङ्ख्यामा उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(३) समान तहका भिन्दा भिन्दै विज्ञापन बमोजिमको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा नतिजामा नाम समावेश भएकामध्ये जति जना उम्मेदवारको नाम त्यसपछि प्रकाशन हुने पदको नतिजामा समावेश भएको छ, त्यतिकै सङ्ख्यामा थप उम्मेदवारहरूको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (१), (२) वा (३) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तिम प्राप्ताङ्क समान भएका उम्मेदवार एकभन्दा बढी भएमा त्यस्ता सबै उम्मेदवारको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्नेछ ।
(५) उपनियम (१), (२) वा (३) बमोजिम नतिजाका लागि सङ्ख्या निर्धारण गर्दा शून्य दशमलव पाँच वा सोभन्दा बढी हुन आएमा मात्र पूर्ण अङ्क एक मान्नु पर्नेछ ।
(६) लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा अन्तर्वार्ता लगायत अन्य सम्बद्ध परीक्षाको मिति, समय र स्थान समेत खुलाउनु पर्नेछ ।
(७) यस नियम बमोजिम नतिजा प्रकाशन गर्दा कुनै कठिनाई आईपरेमा आयोगले आवश्यक व्यवस्था गर्न सक्नेछ ।